
मनहरी । मनहरी गाउपालिका वडा न.-४ का विपन्न परिवारलाई पाडी वितरण गरिएको छ ।
विपन्न किसान प्रवर्द्धन कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिकाले आइतबार ४ नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ४० घर विपन्न परिवारलाई प्रतिघर एक वटाको दरले पाडी वितरण गरिएको हो ।
वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले स्थानीयहरुको आर्थिक अवस्था सुधारमा सहयोग पुगोस भन्दै गाउँपालिकाले पाडी वितरण गरेको बताए ।
स्थानिय सरकारले प्रदान गरेको पाडीको उचित स्याहार सुसार गरि संरक्षण गर्न आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ,४ नम्बर वडा अध्यक्ष प्रकाश थापा , गाउपालिकाका पशु चिकित्सक तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।