स्थानिय

मनहरी गाउँपालिकाको ९० करोड २१ लाख ७१ हजार ८ सय रुपियाँ बजेट पारित

प्राथमिकतामा पुर्वाधार विकास

मनहरी । मनहरी गाउँपालिकाले ९० करोड २१ लाख ७१ हजार ८ सय रुपियाँ बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार लामिटार स्थित गाउँ सभा हलमा आयोजित १३ औ अधिवेशनको दोस्रो बैठकको आयोजना गरि गाउपालिका उपाध्यक्ष सीता थापा मगरले आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट प्रस्तुत गरेका हुन ।

आज प्रस्तुत भएको बजेटमा पुर्वाधार विकासलाई प्राथमिकता दिएको छ । जसमा कुल बजेटको ४० करोड १४ लाख रुपियाँ बजेट छुट्याइएको छ ।

त्यसै गरि आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिका भित्रको शैक्षिक क्षेत्रलाई सुधार गर्न भन्दै शिक्षा क्षेत्रमा बीस करोड ७६ लाख बजेट छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button