
मनहरी । मनहरी गाउँपालिका वडा नम्वर – २, भुन्द्रुङटांडीमा रहेको सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ सर्वसम्मत चयन भएका छन् ।
विद्यालयको बुधबार भएको ४८ औं वार्षिक अभिभावक भेलाले थिङको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
समितिको सदस्यहरुमा रत्न बहादुर स्याङ्तान, पातली माया थिङ, हिरा माया बल रहेका छन् ।
यस्तै, शुक्रराम मुक्तान (वडा जनप्रतिनिधि), इन्द्रबहादुर थिङ र सुकुमाया डिम्डुङलाई मनोनित गरिएको छ भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दुधालाल घलान चयन भएका छन् ।
