स्थानिय

उद्योग संघ पश्चिम क्षेत्र समिति मनहरीको सभापतिमा गणेश मानन्धर


मनहरी । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको सभापतिमा गणेश मानन्धर चयन भएका छन । शनिबार मनहरी -७ मनकामना मन्दिर परिसरमा भएको अधिवेशनबाट मानन्धर सर्वसम्मत रुपमा सभापतिमा चयन भएको हो ।

त्यसै गरि संघको बरिष्ठ उपसभापतिमा रामचन्द्र उप्रेती, उपसभापतिमा जलाल दिन मिया निर्विरोध चयन भएका हुन । शनिबार भएको १२ औँ साधारण सभा तथा पाँचौ अधिबेसनले महिला सदस्यमा अनिता कर्माचार्यलाई चयन गरेको छ भने अन्य १८ जना सदस्य चयन भएको हो ।

संघको सदस्यहरुमा स्वतन्त्र उप्रेती, सुदर्शन उप्रेती, बेदमणि सेढाई,, पदमबहादुर तितुङ, कृष्णराम श्रेष्ठ, चन्द्रमणि पाठक, शिवशंकर स्याङ्तान, बिष्णुराम कालाखेती, रेनु पुडासैनी कोइराला, दिपकप्रसाद रिमाल, चुँडाबहादुर गिरी, नारायण प्रसाद बर्ताैला, शंकरप्रसाद कालाखेती, गोविन्द बर्ताैला, योगेश रिजाल, पशुपति बर्ताैला, राजु राउत र सागर स्याङ्तान निर्विरोध चयन भए ।

नव गठित समितिको पहिलो बैठकले महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सचिवहरुको चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button