राजनीति

संसदबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पास


काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक(२०७९ जस्ताको त्यस्तै पास भएको छ।

गृहमन्त्री बालकृष्ण खाणले संसदमा राष्ट्रपति भण्डारीबाट फिर्ता भएको नेपाल नागरिकता विधेयक २०७९ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजन माग गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले नागरिकता विधेयकमाथि मतदान गराएका थिए। जसको पक्षमा १३५ मत खसेको थियो भने विपक्षमा ६० मत खसेको थियो। सभामुख सापकोटाका अनुसार आज संसदमा १९५ जना सांसद सहभागी थिए।

विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै सत्ता पक्ष र प्रतिपक्षका ७७ बढी सांसदहरुले आ(आफ्नो धारणा राखेका थिए। विधेयकलाई जस्ताको तस्तै पारित गर्नुपर्ने र राष्ट्रिय सहमति कायम गरी पारित गर्नुपर्ने उनीहरुले तर्क गरेका थिए।

संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।

तर ,राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद‍्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित साउन २९ गते साँझ प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्।

त्‍यसको भोलिपल्ट अर्थात् साउन ३० गते बसेको प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देशसहितको पत्र पेस भएको थियो। सो पत्र प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पढेर सुनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button