स्थानिय

सिद्धकालीमा रहेको प्रजा आधारभुत बिद्यालयका बिद्यार्थीहलई शैक्षिक सामाग्री वितरण


मनहरी । मनहरी गाँउपालिका वड नम्बर –३ सिद्धकालिमा रहेको प्रजा आधारभुत बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री , पोशाक तथा सफाई सामाग्री वितरण गरिएको छ । हिमराइटस मकवानपुरको आयोजना तथा कोर ईन्टरनेशनल क्यानडाको आर्थिक सहयोग एवम मनहरी गाउँपालिकाको समन्वयमा सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व बिकास कार्यक्रम अन्तर्गत बुधबार एक कार्यक्रमको आयोजना गरि उक्त समाग्री वितरण गरिएको हो । बिद्यालयका बालबालिकाहरुलाई यस बर्षको लागि शैक्षिक सामाग्री , बिध्यालय पोशाक साथै एस्थर बेन्जामिन स्मृति सस्था द्वारा प्राप्त स्वच्छता किट बितरण गरिएको हिमराईटस मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईवाले जानकारी दिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर घलानको सभाध्यक्ष तथा मनहरी गाउँपालिका वडा नम्बर–३ का वडा सदस्य हिरा बहादुर प्रजा प्रमुख आतिथ्य रहेको थियो । त्यसका साथै हिमराईटस मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईवा , एस्थर बेन्जामिन स्मृति सस्थाका प्रमुख बुद्ध लामा विद्यालयका प्राधानाध्यापक तुल बहादुर सुनार लगाएतकाको उपस्थीती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button