खेलकुद

अखिल नेपाल खेलकुद महासंघ मनहरीको अधिवेशन सम्पन्न


मनहरी । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ मनहरी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार मनहरी –७ मनकामना मन्दिर परिसरमा एक बृहत कार्यक्रमको आयोजना गरि अधिबेशन सम्पन्न गरेको हो ।

अधिवेशनले सवन प्रजाको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।

सम्मेलन आयोजक कमिटीले छिट्टै सम्मेलनको मिति तय गरि अखिल नेपाल खेलकुद महासंघ मनहरी गाउँ कमिटी गठन गर्ने जनाएको छ ।

नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमति प्रदेश सदस्य ललित घलान ,सीता पुलामी मगर (रेखा) , पार्टीका जिल्ला सदस्य तथा मनहरी ईन्चार्ज राजकुमार पाख्रिन ,अखिल नेपाल खेलकुद माहासंघ केन्द्रीय सदस्य माधव कोईराला ,,जिल्ला अध्यक्ष भोजराज पराजुली , सचिव ईश्वर छत्कुली , सह–सचिव मदन उप्रेती ,एन्फा बागमती प्रदेशका महासचिव लभराज ठकुरी, वाईसिएल नेता दीपेन्द्र अधिकारी , ईश्वर थापा , लगाएतको उपस्थीत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button