स्थानिय

तलब नपाए पछि मनहरी बहुमुखी क्याम्पसका शिक्षकहरुद्वारा पेन डाउन , ब्यबस्थापन समिति यसबारे बेखबर

उमेश राई

मनहरी । पश्चिम मकवानपुरको मनहरी – ८ मा सञ्चालित मनहरी बहुमुखी क्याम्पसमा कार्यरत शिक्षकहरु बेतलबी भए पछि पठन पाठन ठप्प भएको छ ।  पश्चिम मकवानपुरकै गौरवको रुपमा रहेको यस क्याम्पसमा अध्यापन गर्ने शिक्षकहरुले १ वर्ष भन्दा  बढि  सयम भइसक्दा  बेतलबी भए पछि  पेन डाउन  गरेको हो । ।

गत सालको माघमा तलब बापतको रकम केहि मात्र पाएको र त्यस बेलामा पनि पुरै तलब नपाएको र त्यस यता देखि हाल सम्मको तलब नपाए पछि बाध्य भएर पेन डाउन गरेको  शिक्षकहरुले बताएका छन ।  छठ लगतै अन्य क्याम्पसमा पठनपाठन हुनु पर्नेमा क्याम्पस व्यवस्थापन समितिले वेवास्ताका कारण पठनपाठन हुन सकेकोछैन ।  क्याम्पसमा बिद्यार्थी आउछन तर प्राध्यापक भने क्याम्पसमा उपस्थित छैनन ।

कारण हो १६ महिना देखि बेतलबी । क्याम्पसमा बिद्यार्थी आउदा पनि तपाईहरु किन पढाउन नआउनुभएको भन्ने प्रश्नमा एक प्राध्यापक भन्नुहुन्छ हामी १६ महिना देखि बेतलबी हुदा क्याम्पस ब्यबस्थापनले कहिल्यै वास्ता गरेन । निरन्तर क्याम्पसलाई सहयोग गरिरह्यो तर अहिले त हदै पार गरिसकेपछी बाध्य भएर अहिले हामी सामुहिक पेन डाउन गर्न बाध्य भएकाछौ ।

क्याम्पस प्रमुख अमित पौडेल बिगद ३ महिना देखि क्याम्पस अस्वस्थताका कारण भन्दै क्याम्पस उपस्थित छैनन् ।  यता क्याम्पसका अध्यक्ष एबम मनहरी गाउपालिकाका पुर्ब अध्यक्ष एकराज उप्रेती भने आन्तरिक कारण भन्दै पन्छिएको सोही क्याम्पसमा अध्ययनरत एक बिद्यार्थी भने । हामिलाई कक्षा संचालन हुन पर्यो ।कसरी हुन्छ क्याम्पस प्रसाशन र ब्यबस्थापकले आफुहरुलाई पढ्ने वातावरण बनाउनु पर्यो यसरी बिद्यार्थीको भबिष्यमाथी खेलवाड नगर्न आग्रह समेत गरेकाछन ।

२०६९ सालमा स्थापना भएको यस क्याम्पसको सस्थापक अध्यक्ष खुशिलाल मुक्तानको अध्यक्षतामा स्थापित यस क्याम्पस पश्चिम मकवानपुरकै एक मात्र उच्च शिक्षालय रहेको र निर्बाचन क्षेत्र अन्तर्गत दोस्रो उच्च शैक्षिक स्थलको रुपमा स्थापित हुँदै आईरहेकोछ ।

क्याम्पसमा अमित पौडेल ,किशोर पौडेल ,गोबिन्द बर्तौला,दिपेन्द्र गौतम,मनोज मुक्तान र सुष्मिता लामा आदिले अध्यापन गराउदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button