
राक्सिराङ । राक्सिराङामा ६५ प्रतिशत मत खसेको छ । राक्सिराङ गाउँपालिकामा रहेको २३ वटा मतदान केन्द्रबाट हाल सम्म ६५ प्रतिशत अर्थात ९ हजार ९ सय३२ मतदाताले मतदान गरेको राक्सिराङ गाउँपालिकाका निर्वाचन अधिकृत गोपाल प्रसाद कडेलले जानकारी दिए ।राक्सिराङमा कुल १५ हजार ८ सय ३२ मतदाता रहेका छन ।
अधिकृत कडेलका अनुसर राक्सिराङमा ६८ प्रतीशत सम्म मत खस्ने अनुमान गरिएको छ ।
मतदान सक्ने बितिक्कै सबै केन्द्रको मतपेटिका मतगणना स्थल चैनपुरमा पुर्याइ सर्वदलीय बैठक पश्चात् आजैबाट मतगणना सुरु गरिने निर्वाचन अधिकृत कडेलले जानकारी दिए । भौगोलिक बिकटताका कारण मत पेटिका गणना स्थलमा पुग्न ढिलो हुन सक्ने भन्दै अधिकृत कडेलले सकेसम्म आजैबाट मत गणना गरिने बताए ।





