मनहरी । मनहरी गाँउपालिकामा सीता पुलामी मगर घलान (रेखा) उपाध्यक्षका उम्मेदावरहरु मध्ये सबै भन्दा बढि मत प्राप्त गरि अगाडी रहेका छन । हाल सम्म गणना गरिएको मत परिणाम अनुसार गठबन्धनका (माओवादी केन्द्र) तर्फबाट उम्मेदवार बनेका सीता पुलामी मगर घलान (रेखा) ले २ हजार ९ सय ७ मत प्राप्त गरि अग्र स्थान पक्का गरेको हो ।
मगरलाई एमालेबाट उपाध्यक्षका उम्मेदावर बनेका सुजिता थिङले पछ्याईरहेका छन । थिङले यो समाचार तयार पर्दा सम्म २ हजार १ सय ४७ मत प्राप्त गर्दै दोस्रो स्थान ओगटन सफल भएका छन । त्यसै गरि नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदावर बनेका मनिला विष्ट भने तेस्रो स्थानमा रहेका छन । उनले यो समाचार तयार गर्दा सम्म कुल १ हजार २ सय ९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्