समाचार

मनहरीले दियो सशस्त्र प्रहरीलाई उद्दार सामाग्री

मनहरी । विपदजन्य घटनामा उद्दारका लागि मनहरी गाउँपालिकाले ६ नम्बर वडामा रहेको सशस्त्र प्रहरीको कत्लेखोला सुरक्षा बेसक्याम्पलाई आवश्यक उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।

मंगलबार गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलगायतले सुरक्षा बेस क्याम्पका असई हरि भवन महतोलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरिक सामाग्रीहरुमा ट्युब २ थान, फरुवा ३, फाइटर गन २ थान, लाइफ ज्याकेट ५ थान, गम बुट ९ जोर, प्राथमिक उपचार बक्स, स्टेचर, सेफ्टी हेलमेटलगायत रहेका छन् ।

प्राकृतिक वा अन्य विपतिको घटनामा उद्दारमा लाग्न सहजताका लागि सशस्त्र प्रहरीलाई उद्दार सामाग्री सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता पुलामी मगरले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button