
मनहरी । उमेर नपुगी विवाह गर्नका लागि ६ दिन अघि घरबाट भागेका एक जोडीलाई बिहिबार अभिभावकको जिम्मा लगाएका छन । गत ९ गते राजीखुसीमा विवाह गर्नका भन्दै घर छाडेका मकवानपुरको कैलाश गाउपालिका वडा नं.–७ की १६ वर्षिय किशोरी र मनहरी गाँउपालिका वडा नं.–४ सालघारीका १९ वर्षिय किशोर विवाह गर्नका लागि घर छाडेर भागेको खवर पाए पछि मनहरी गाँउपालिका वडा नं.–४ का अध्क्षक्ष प्रकाश थापाले दुवै जनालाई सम्पर्कमा ल्याएका थिए ।
दुबै जना सम्पर्कमा आए लगतै मनहरी गाँउपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर , वडा अध्यक्ष प्रकाश थापा , २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रिन , सिविन नेपाल हेटौडका झविन्द्र ज्ञवाली ,अभिभावक तथा विवाहका लागि तयार रहेका किशोर किशोरी सहितको छलफलको क्रममा दुबै जनाले उमेर पुगे पछि मात्रै विवाह गर्ने सहमति गरे पछि अभिभावकलाई जिम्मा लगाएका छन ।
२० वर्ष पुग्न साथ दुबै जनाले विवाह गर्ने योजना बनाए पछि १९ वर्षिय किशोरलाई आफ्ना अभिभावकले जिम्मा लिएका छन भने किशोरीलाई सिविन नेपाल हेटौडामा एक् साता सम्म राखिने ४ नम्बर वडाका अध्यक्ष थापाले बताए ।
मनहरीमा यो जोडी उदाहरण पात्र मात्र हुन । कोहि कसैले बालबालिकाको क्षेत्रमा काम गर्ने सस्था र जनप्रतिनिधिलाई प्रत्यक्ष रुपमा कानमा फुकी दिएपछि मात्र हुन लागेका बालविवाहहरु रोकिन्छन । बालमैत्री गाँउपालिका घोषणा भएको करिब ३ वर्ष पुग्नै लाग्द समेत गाँउपालिका आफैले भने यस तर्फ खासै निगरानी गरेको पाईदैन । र साटक–सुटुक बालविवाहरु भइरहेको स्थानियहरु बताउछन । २०७६ साल पौष २८ गते नेपाल सरकारका तत्कालिन रक्षा मन्त्रि ईश्वर पोखरेलको उपस्थीती धुमधामका साथ मनहरीलाई नेपालकै पहिलो बालमैत्री गाँउपालिका घोषणा गरिएको थियो र तर नियमनकारी निकायले चुस्तरुपमा निगरानी नगरिदिदा नेपालकै पहिलो बालमैत्री गाँउपालिलाई स्थानियहरुले कुरी–कुरी गर्न पछि पर्ने छैनन् । र कायम रहेको बालमैत्री गाँउपालिकाको निरन्तरतालाई थप चुनौती हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्