समाचार

राक्सिराङको सिलिङ्गेमा ख्याती प्राप्त कलाकारको साथमा ल्होछार बृहत साँस्कृतिक कार्यक्रम हुने

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर– ६मा अवस्थीत छ्युसी बौद्ध गुम्बाको आयोजनामा मञ्जुश्री संवत् २८५९ सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ।

गुम्बा व्यवस्थापन समितिको बैठकले ल्होछारको अवसरमा माघ १२ ल्होछार विशेष कार्यक्रम गर्ने निर्णय गरेको गुम्बाका अध्यक्ष सविन कुमार लोप्चनले जानकारी दिए ।
कार्यक्रममा ख्याती प्राप्त सेलो गायक तथा गायिकाहरु र स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने जनाएको छ । उक्त कार्यक्रम बौद्ध धर्म प्रवर्द्धन,तामाङ संस्कारको उत्थान,राक्सिराङ ६ लाई प्रारम्भिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रम गर्न लागेको कार्यक्रम सह(संयोजक बिकास तामाङले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button