मनहरी । मनहरी गाँउपालिका वडा नं.–४ स्थित चेपाङ प्राविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगोलियन टिचर्स ग्रुप मनहरीले हिन्दु नेपाली महिलाहरुको चाड तीजको अवसरमा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरी शैक्षिकसामाग्री वितरण गरिएको हो । पछिल्लो समयमा तीज तथा अन्य चाडपर्वको नाममा आवश्यक्ता भन्दा फजुल खर्च गरि समाजमा नकरात्मक सन्देश प्रवाह भइरहेको समयमा मंगोलियन टिचर्स ग्रुपले अभाव झेलिरहेका बनकारिया , चेपाङ तथा तामाङ समुदायका बालबालिकालाई केहि मात्रमा भए पनि सहयोग होस भन्दै शैक्षिक सामाग्री सहयोग गरिएको ग्रुपमा आवद्ध लीला उर्वशीले बताईन ।
तामाङ , चेपाङ तथा वनकरियाका समुदायका बालबालिका अध्यन गर्ने बिद्यालय छनौट गरी शैक्षिक सामाग्री सहयोग गरेकोमा विद्यालयका प्रधानध्यापक राजेन्द्र न्यौपानेले धन्यबाद ब्यक्त गरे ।