
मनहरी । कैलाश गाँउपालिका वडा नं.–६ का वडा अध्यक्ष राम बहादुर गोङबालाई स्थानिय युवाहरुले अभद्र ब्यवहार गरेको भन्दै प्रहरी समक्ष जाहेरी दिएका छन । कैलाश–५ निवासी कुमार ढकाल र नितन विष्टले आफुलाई अबद्र ब्यवहार भन्दै प्रहरी चौकी डाँडा खर्कमा जाहेरी दिएको जनाएको छ । बिहिबार गोगनेमा ढकाल , विष्ट र स्थानियहरुले अनाश्यक रुपमा डोजर प्रयोग गरि सडक बिग्रेनी गरि माटो खानेको र त्यहि हिलो माटोमा परि गाडी फसे पछि स्थानियहरुले वडा अध्यक्ष गोङबालाई खबर गरेका थिए । खबर पाउन साथ गोङब उक्त स्थानमा पुगी उक्त कार्य गर्नेहरुलाई सम्झाई बुझाई गर्दा उल्टै आफु माथि हातपातका साथै गालि गलौच गरि अबद्र ब्यवहार गरी भन्दै उनले उक्त जाहेरी दिएको जनाएको छ । उक्त घटनालाई आफुले सामान्य ढंगले लिए पनि केहि ब्यक्तिहरुले राजनिति करण गरी आफुलाई बदनाम गर्न खोजेकोले आफु त्यसको बिरुद्धमा जानु परेको नमस्ते मनहरीलाई बताए ।
केहि सञ्चार माध्यमहरुले सत्य तथ्य नै नबुझी वडा अध्यक्षले मान्छे पिटेको आशायको समाचारहरु सत्यता नभएको र समाचार लेख्दा तथ्यमा आधारित भएर मात्र लेखन गोङबाले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्