स्थानिय

एसईइमा उत्कृष्ट नतिजा ल्याउन सफल १४ बिद्यार्थीलाईअखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीद्वारा सम्मान

मनहरी । अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीद्वारा एसईइमा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थहरुलाई शुक्रबार सम्मान गरिएको छ । मनहरी –८ स्थित युनाईटेड बोर्डिङ स्कुलको सभाहलमा एक बृहत कार्यक्रमको आयोजना गरि २०७८ सालको एसईएसईइ परिक्षामा ए र ए प्लस ल्याउन सफल १४ जना बिद्यार्थहरुलाई सम्मान गरिएको हो । १४ मध्ये मनहरी –८ स्थित सस्थागत बिद्यालय युनाईटेड बोर्डिङ स्कुलको ११ जना, मनहरी –७ स्थित राष्ट्रिय रोटरी माविको १ जना र मनहरी –१ मा रहेको बाल जीवन ज्योति मकरीको १ जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।
उत्कृष्ट नजिता ल्याउन सफल बिद्यार्थीहरुलाई बागमती प्रदेश सभाका सदस्य तथा कार्यक्रमका प्रमुख अथिती समेत  रहेका ओम बहादुर ग्लानले सम्मान पत्र वितरण गरेका थिए । त्यसै गरि कार्यक्रममा विशिष्ट अथिती वीर बहादुर घलान (ज्वाला) , कम्युनिष्ट जेष्ट नागरिकका केन्द्रिय सदस्य रामहरि सुवेदी ,मनहरी– २ का अध्यक्ष राजकुमार पाख्रिन , ५ का अध्यक्ष दीपेन्द्र अधिकारी
अखिल क्रान्तिकारी जिल्ला समितिका उपाध्यक्ष अन्जु तुम्सिङ , उपाध्यक्ष रोजल तामाङ , जिल्ला सह सचिब राजेन्द्र कुमार मुक्तान, कोषाध्यक्ष बुद्ध अर्याल मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष छोईसाङ लामा ,जिल्ला सदस्य अबुदय खनाल, शिक्षक मातृका ढुंगाना , प्रेस सेन्टर नेपाल पश्चिम क्षेत्रका संयोजक उमेश राई, प्रेस सेन्टर नेपाल मनहरीका अध्यक्ष जयराम मोक्तान र कैलाश गाँउपालिकाका संयोजक राजकुमार स्याङ्बो लगाएत को उपस्थिति रहेको थियो । कार्यक्रम अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीका अध्यक्ष सुशन सुवेदीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button