स्थानिय

मनहरीमा सवारी दुर्घटना हुदा गोपाल सारुको मृत्यु

मनहरी । मनहरी गाउँपालिका वडा नम्वर ९, खरङ्गामा बिहीरबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बा ०३–००१ ख २४८१ नम्वरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासीको बुलिङटार–१ बस्ने ३३ वर्षीय गोपाल सारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, सारु दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । घाइते उनको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा बिहान ११ः५० बजेको समयमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button