स्थानिय

तामाङ पत्रकार संघ मकवानपुरद्वारा भोलि २८ औं प्रसारण दिवस मनाउदै

‘उदयमान तामाङ पत्रकार २०७९’ बाट एक जना क्रियशिल तामाङ पत्रकार सम्मानित हुने

मनहरी । तामाङ पत्रकार संघ मकवानपुरले बुधबार अर्थात भोलि २८ औ तामाङ प्रशारण दिवस मनाईदै छ । दिवसको अवसरमा संघले मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उप– प्रमुखहरुसंग ‘मकवानपुरमा तामाङ पत्रकारहरुको अवस्था , अवसर र चुनौती विषयमा अन्तरक्रिया गरिदै छ भने जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिदै छ ।
जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा बिहान ८ बजे हुने कार्यक्रममा मकवानपुरका एक जना क्रियाशिल तामाङ पत्रकारलाई ‘उदयमान तामाङ पत्रकार २०७९’ बाट पनि सम्मान गरिदै छ ।

२०५१ साल भदौ १ गते पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको थियो । उक्त दिनको सम्झना गर्दै नेपाल अधिराज्य भरका तामाङ पत्रकारहरुले प्रत्येक वर्षको भदौ १ गतेको दिनलाई तामाङ प्रशारण दिवसको रुपमा मनाउदै आईरहेको छ । हाल तामाङ भाषामा नेपाल अधिराज्य भरको बिभिन्न एफ एम तथा टेलिभिजनमा समाचार तथा कार्यक्रमहरु प्रशारण भइरहेको छ भने तामाङ भाषामै बिभिन्न जिल्लामा पत्रपत्रिका समेत प्रकाशनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button