स्थानिय

मनहरीका ७८ जना वनकरीया महिलाले पाठेघरको मुखको परिक्षण गराए

मनहरी । मनहरी गाउँपालिका वडा नम्बर –४ मसिने स्थित शुक्रबार पाठेघरको मुखको क्यान्सर सम्वन्धि जाँच निशुल्क स्वास्थ्य शिविर  भएको छ ।  उक्त शिरिमा ७८ जनाले आफ्नो पाठेघर परिक्षण गरेको थियो । मनहरी –४ मा रहेको वनकरीया समुदायको महिलाहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको आयोजकले  जनाएको छ ।  बस्तिपुर जेसिजले आयोजना गरेको शिविरमा नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालीका वडा नं ४ को समन्वयमा बस्तीपुर जेसिजले शिविर आयोजना गरेको हो । शुक्रबार वडा नं ४ स्थीत श्री पशुपती माविको भवनमा पाठेघरको मुखको क्यान्सर सम्वन्धि जाँच गरीएको थियो ।

जेसिजका वर्ष २०२२ का अध्यक्ष जेसि तेज प्रसाद उप्रेती(रमेश)को सभाध्यक्षतामा भएको कार्यक्रममा मननहरी गााउँपालिकाका अध्यक्ष रन्जन कालाखेती ,  ४ नम्बरका अध्यक्ष प्रकाश थापा , लगाएतका उपस्थीत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button