मनहरी । ईलाका प्रहरी कार्यालय मनहरीमा नयाँ प्रहरी निरीक्षक आएका छन । निवर्तमान प्रहरी निरीक्षक प्रकाश थापा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सरुवा भए लगत्तै ईलाका प्रहरी कार्यालय मनहरीमा कार्यभार सम्हाल्न कृष्णराज ढकाल हाजिर हुन आएपुगेको हो । ढकालले शुक्रबारबाटै आफ्नो कार्यभार सम्हालेका छन । मनहरी र आासपासको शान्ति सुरक्षा कायम राख्नका लागि मनहरी बासीले साथ दिनेमा ढकालले विश्वास गरेका छन ।
प्रतिक्रिया दिनुहोस्