समाचार

मनहरीमा फाल्गुन १३ गते देखि दादुरा रुबेला खोप अभियान सञ्चालन हुने


मनहरी गाउँपालिकामा फाल्गुन १३ देखि २१ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । गाउपालिकाको स्वास्थ्य शाखाले बिहिबार विभिन्न जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै खोप अभियान सञ्चालनका लागि सबै तयारी पुरा भएको जनाएको छ ।

राष्ट्रब्यापी रुपमा सञ्चालन हुने खोप अभियानमा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई दादुरा र रुबेला बिरुद्धको खोप लगाइनेछ । मनहरी गाउँपालिकाको ९ वटै वडामा कार्यतालिका बनाएर खोप केन्द्र सञ्चालन गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिनुभयो । गाउँपालिकाका २८ वटा स्वास्थ्य केन्द्रहरु र थप २२ वटा खोप केन्द्र गरि ५० वटा खोप केन्द्र बाट खोप लगाउने ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा ९ महिनादेखि ५ बर्षसम्मका ३५ सयभन्दा बढि बालबालिका रहेको तथ्यांक छ । ती सबै बालबालिका कोहि पनि खोपबाट नछुटुन भन्ने उद्देश्यले पालिकास्तरिय तथा वडास्तरिय खोप समन्वय समितिहरु गठन गरि परिचालन गरिएको छ ।

ती समितिमार्फत घरघरमा खोप लगाउन निमन्त्रणा पत्र पठाउने, जनचेतना फैलाउने, प्रचारप्रसार गर्ने लगायत काम गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले खोप अभियानमा गाउँपालिकाका कोहि पनि बालबालिका नछुट्ने गरि काम गर्न निर्देशन दिनुभयो । आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गरि प्रभावकारी सेवा प्रदान गर्न गाउँपालिका तयार रहेको उहाँको भनाई छ ।

अभिमुखिकरण कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष शिव प्रसाद खनाल, वडा नं. ७ का वडाअध्यक्ष ठाकुरराम तितुङ, सञ्चारकर्मी जयराम मुक्तान लगायतले प्रभावकारी र सबैको पहँुचमा खोप अभियान पुर्याउन आग्रह गनूभयो ।

सन २०२६ दादुरा तथा रुबेला रोग निवारण गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुसार देशभरका ७५ वटा जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

खोप केन्द्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button