मनहरी । बलात्कार गरेको आरोपमा मनहरीका एकजनालाई प्रहरीले पक्राउ परेको छ । आइतबार मनहरी–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई पक्राउ गरेको हो ।
रुम्बाले ती २७ वर्षिय महिलालाई ब्रम्हदेबी सामुदायिक वन समुह क्षेत्रमा रहेको जंगलको कुलोमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्