स्थानिय

मनहरीको डिपार्टमा एका बिहानै  गाडिले किच्दा एक जनाको ज्यान गयो


मनहरी । मनहरी -६ डिपार्टमा एका बिहानै गाडीले किच्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ४ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार राती गाडी मुनि सुतेको ब्यक्तिलाई  किचेको जनाएको छ । सवारी चालकलाई ति ब्यक्ति गाडि मुनि सुतेको जानकारी नभएको हुन सक्ने र बिहान गाडी आफ्नो गन्तव्यमा लाग्ने बेलामा किचेको जनाएको छ । मृतक र गाडिको हाल सम्म पहिचान खुलेको छैन । मृतक भारतीय नागरिक जस्तो देखिने ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । शवलाई हेटौंडा अस्पतालमा लगिएको प्रहरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button