
मनहरी । सामाजिक अभियान्ता मिथुन प्रजा र सबिन प्रजाको पहलमा प्राप्त भएको शैक्षिक सामाग्री वितरण गरिएको छ । आइतबार राक्सिराङ गाउँपालिका वडा नं. ८ मा एक बृहत कार्यक्रमको आयोजना गरि उक्त वडाका गरिव तथा बिपन्न १५ जना बिद्यार्थीलाई विभिन्न स्टेशनरी सामाग्री तथा नगद सहयोग गरिएको हो । परिवर्तनका लागि सहकार्य नेपाल थसिखेल ललितपुरमार्फत सहयोग स्वरुप आएकोको सामाग्रीलाई वितरण गरिएको सामाजिक अभियान्ता मिथुन प्रजाले जानकारी दिए ।
१ देखि ५ कक्ष सम्म अध्ययन गर्ने बिद्यार्थीलाई ५ हजार बराबरको स्टेशनरी सामाग्री कापी, कलम, पेन्सिल तथा छाता, पानी राख्ने बोतल लगायत सहयोग गरिएको हो । उनीहरुलाई नगद ५ हजार पनि सहयोग गरिएको प्रजाले बताए । त्यस्तै कक्षा १२ मा अध्ययनरत एक जनालाई नगद २५ हजार र ५ हजार बराबरको स्टेशनरी तथा अन्य सामाग्री सहयोग गरिएको छ । ग्रामीण भेगका विपन्न परिवारका बालबालिका शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यले सहयोग गरिएको अभियान्ता मिथुन प्रजाको भनाई छ । यसअघि पनि विभिन्न संघसंस्थाको सहकार्यमा स्टेशनरी तथा नगद सहयोग गरिएको थियो । अगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिइने प्रजाको भनाई छ । 
शैक्षीक सामाग्री हस्तान्तरण कार्यक्रममा परिवर्तनका लागि सहकार्य ललितपुरका प्रेसिडेन्ट रोमिला, परिवर्तनका लागि सहकार्य समुहका अध्यक्ष इन्द्र, श्री आधारभूत राष्ट्रिय बिधालयका शिक्षक गोविन्द तामाङ, समाजसेवी गणेश प्रजा लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
