स्थानिय

शसस्त्र युद्ध र जन-आन्दोलनका कारण उपाध्यक्ष बन्ने अवसर मिलेको हो : उपाध्यक्ष मगर

मनहरी। मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर (रेखा) ले दश वर्षे शसस्त्र युद्ध र जन- आन्दोलनका कारण आफू गाउँपालिकाको उपाध्यक्ष बन्ने अवसर मिलेको बताएका छन । शुक्रबार आफन मतदाताहरुलाइ धन्यवाद ज्ञापन गर्न मनहरी १र २ नम्बर वडा पुगेको मगरले शसस्त्र युद्ध र जन आन्दोलनको मर्म अनुसार जनताले आफुलाई निर्वाचित गराएको बताए । यदि माओवादीले १० वर्ष देश र जनताको मुक्तिका लागी आन्दोलन नगरेको भए नेपाली समाजमा अझै जस्ताको तस्तै रहने बताए । माओवादि आन्दोलनकै कारण महिलाहरु पनि राज्य संचालनको मुख्य अंगमा पुगेको र तेहि अनुसार आफू पनि गाउँपालिकाको उपाध्यक्ष बन्ने अवसर पाएको उपाध्यक्ष मगरले बताए ।
आफ्न मतदाताहरु बिचमा उनले जनचाहना अनुसार आफ्नो कार्यकालमा काम गर्ने र जनभावना बिपरित कहिले पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।
जनताको सेवा गर्नका लागि उपाध्यक्ष बनेको भन्दै उनले जनता र जनप्रतिनिधि बीच दोहोरो समन्वय भएमा काम गर्न सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button