मनहरी । मनहरी गाउँपालिका वडा न – ६ मा रहेको डिपार्ट सामुदायिक वन उपभोक्ता समुहले झाडी सफाइ कार्य सुरु गरिएको छ ।
बुधबार देखि आफ्नो वन क्षेत्रमा झाडि सफाई कार्य सुरु गरिएको वन समुहका अध्यक्ष डम्बर बहादुर मुक्तानले जानकारी दिए।
आफ्नो वन क्षेत्रमा रहेको बिभिन्न जातको बिरुवा संरक्षण गरि बिरुवा उत्पादन गरि वनलाई हराभरा बनाउने उद्देश्यले झाडि सफाई गरिएको अध्यक्ष मुक्तानले जानकारी दिए ।
सफाईमा स्थानीय उपभोक्ता र वन समुहका पदाधिकारीहरु सक्रिय रहेका छन ।
विशेष गरि यस वन भित्र साल जातको बिरुवा प्रशस्त रहेको छ । वन व्यवस्थापन संरक्षणको हिसाबले यस वन समुह नेपालकै नमुना सामुदायिक वन भित्र पर्दछ ।
बेला – बेलाम यस वनको अध्यन अवलोकनका लागि वन बिज्ञान अध्यन गरिरहेका बिद्यार्थि , विभिन्न सामुदायिक वन समुहका पदाधिकारीहरु आउने गर्दछन ।