
मनहरी । राक्सिराङ –८ टोड्केमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भोलि हुदै छ। आयोजक मुल समारोह समिति कर्साङ छ्योइलिङ गुम्बा ठूलोटोड्के,जापराङ, महांकालले दिएके जानकारी अनुसार भोलि हुने कार्यक्रमको सम्पुणै तयारी पुरा भएको जनाएको छ ।
साँस्कृतिक कार्यक्रम बाहेक गुम्बामा बुद्धको मुर्ति शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशको सामाजिक बिकाश मन्त्री माननीय कुमारी मोक्तान उपस्थित हुने बताईएको छ। उनको आतिथ्यतामा गुम्बाको उद्घाटन हुने कार्यक्रम संयोजक सुर्य बहादुर थिङले बताए।
यसैगरी कार्यक्रमको मुख्य आकर्षणको रुपमा तामाङ कलाकारहरुको गायन, नृत्य, तामाङ भेषभुषा र तामाङ संस्कृति र ल्होछार पर्वको सन्देशमुलक प्रवचन रहने कार्यक्रम संयोजक थीङले बताए। कार्यक्रममा कलाकारहरु प्रकाश तितुङ तामाङ, रेश्मा बोम्जन, प्रकाश तामाङ, दिपक मोक्तान, सुजना रुम्बा, बालिका तामाङ, ईन्कार तामाङ साथै स्थानिय कलाकारहरु लगायतको बेजोड प्रस्तुति रहने थीङको भनाई छ । यसैगरी मोडल बर्षा तामाङको आकर्षक नृत्य साथै आस्था कला केन्द्र मनहरी समेतको बेजोड नृत्य प्रस्तुति रहने बताईएको छ।
संयोजक थीङले तामाङ जातिको संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षणका लागि ल्होछार पर्व मनाउन लागिएको बताए । उनका अनुसार ल्होछार सांस्कृतिक कार्यक्रमलाई निरन्तरता तथा तामाङ समुदायबीच जागरण ल्याउन उक्त कार्यक्रमले सहयोग पुग्ने दावी रहेको छ ।
स्मरण रहोस ल्होछार पर्व माघ ८ गते सकिएपनि यस बर्ष तामाङ समुदायले तामाङ जागरणका लागि तामाङ भाषा, संस्कृति,भेषभुषाको संरक्षण र संबर्दन गर्न अझै मकवानपुरको विभिन्न स्थानमा ल्होछार कार्यक्रम गरिदै आएको छ।






