स्थानिय

घेदुङ राक्सिराङ अध्यक्षमा हस्त बहादुर मोक्तान


मनहरी । नेपाल तामाङ घेदुङ्ग राक्सिराङ्ग गाउँपालिका अध्यक्षमा हस्तबहादुर मोक्तान सर्वसम्मत चयन भएका छन।

बिहिबार गाउँपालिकाको दोस्रो अधिबेशनले मोक्तान नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

समितिको उपाध्यक्षमा रामकुमार बाल्पा थिङ, महिला उपाध्यक्षमा बेलीमाया मुक्तान, सचिवमा मेम्बर सिं लामा, सह-सचिवमा ज्ञानेन्द्र थोकर, कोषाध्यक्षमा शरण दोङ चयन भएका छन ।

त्यस्तै, सदस्यहरुमा विष्णु लो, बुद्धराम मुक्तान, उत्तम वाईबा, देवनाथ पाख्रिन, कोपिला गोले, कमल मुक्तान, गणेश श्री मुक्तान, साजन पाख्रिन, दिलबहादुर वाईबा, साजन मुक्तान र चन्द्र ब्लोन रहेका छन् ।

नेपाल तामाङ घेदुङ्ग बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ राक्सिराङ्ग अध्यक्ष काजिराम मोक्तानको सभाध्यक्षातामा भएको थियो।

कार्यक्रममा जिल्ला घेदुङ अध्यक्ष कालु घलान, उपाध्यक्ष आत्माराम मोक्तान, सचिव किरणमान बल, सहसचिव नवराज मोक्तान, सदस्य इन्द्र मोक्तान, राक्सिराङ्ग २ नम्बर वडा अध्यक्ष बुद्धराम मोक्तान, ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङ्ग लगायतको आतिथ्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button