स्थानिय

सँस्कृति जर्गेनाका लागि तीज मनाउन मन्त्रि मोक्तानको आग्रह

मनहरी । बागमती प्रदेशका सामाजिक बिकास मन्त्रि कुमारी मोक्तानले सँस्कृति जर्गेनाका हिसावले मात्र तीज मनाउनु पर्ने
बताएका छन ।

आईतबार मनहरी गाँउपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरिएको तीज विशेष कार्यक्रममा बोल्दै मन्त्रि मोक्तानले उक्त कुरा बताएका हुन ।

पछिल्लो समयमा तीजलाई साँकृतिक जर्गेना भन्दा विकृति फैलाउने किसिमले मनाउने क्रम बढीरहेकाले महिलाहरु सचेत हुनु पर्ने बताए ।

तीजमा आफ्न दुख पिडा बिर्सेर साथी भाई ईष्ट मित्रहरुसंग नाँच , गान र रमाइलो गरि मनाइने गरिन्छ ।

आफ्ना अधिकारको कुरा गरि मलिलाहरुले आफ्नो मौलिक परम्परालाई निरन्तरता दिने तर्फ केन्द्रित हुने पर्नेमा मन्त्रि मोक्तानले जोड दिए । तीज सम्बन्धी बनेका गीतहरुले समाजलाई सन्देश दिनु पर्नेमा झन् समाजमा विकृती फैलाउन मदत हुने खालको गीतहरु बढिरहेको सर्जकहरु पनि सचेत हुने पर्ने बताए ।

यस्तै गरि मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले महिला अधिकारको सवालमा पालिकाले सचेत रहेको बताए । उत्पीडनमा परेका महिलाहरुको गाँउपालिका संधै साथमा राहेको भन्दै उपाध्यक्ष मगरले तीजलाई सभ्य र साँस्कृतिक जर्गेनाको पाटेमामा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा मनहरी गाँउपालिकाका अध्यक्ष रन्जन कालाखेती , प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठ , वडा नम्बर १ का अध्यक्ष शिव प्रसाद खनाल , २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रिन,५नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी , ६ नम्बर वडाका अध्यक्ष युवराज थपलिया,कार्यपालिका सदस्यहरु, कर्मचारी र गैसस प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button