
मनहरी । नेकपा एकिकृत समाजवादी निकट लोकतान्त्रिक चेपाङ संघको मकवानपुर जिल्ला कमिटि गठन गरिएको छ । शुक्रबार हेटौडामा आयोजित भेलामा बुदुमाया चेपाङको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सोनु चेपाङ र सचिवमा सरोज कुमार चेपाङ चयन भएका छन । पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाको उपस्थितिमा संघको जिल्ला कमिटि घोषणा गरिएको हो । पार्टीको घटक संगठनको रुपमा चेपाङ बाहुल्य जिल्लामा चेपाङ संघको जिल्ला शाखाहरु गठन गरिने संघका इन्चार्ज तथा पार्टी बागमती प्रदेश कमिटि सदस्य गोविन्दराम चेपाङले बताए ।






