मनहरी । विरामीहरुको चाप बढे पछि मनहरी अस्पतालले बुधबारबाट बिहान ८ बजेबाट ओपिडी सेवा सुचारु गरेको छ । सेवाग्राहीहरुको चापलाई ध्यानमा राखी मनहरी गाँउपालिको समन्वयमा ओपिडी सेवा बिहान ८ बजेबाट सेवा सुचारु गरिएको हो । पछिल्लो समय रुघाखोकी ,ज्वारो लगाएतका बिभिन्न बिरामीहरुको सख्यामा बृद्धि भएसंगै अस्पतालमा सेवाग्रािहीहरुलाई थप अतिरिक्त समयमा पनि सेवा प्रदान गर्न थालिएको मनहरी अस्पतालले जनाएको छ ।
बुधबार ीपहिलो दिनमै ८ बजे देखी १० बजेको समय २० जनाले सेवा लिएका थिए।
मनहरी अस्पातलमा छिमेकी गाँउपालिका राक्सिराङ ,कैलाश ,हेटौंडा उपमहानगर पालिकाका केही वडा र चितवन जिल्लाको पुर्बी भाग राप्ती नगरपालिका बाट समेट बिरामीहरु सेवा लिन आउने गरेको छ । अतिरिक्त समयमा अस्पतालबाट बिरामी जाच,औषधी बितरण,एक्सरे सेवा र ल्याब सेवा जस्ता सेवा सन्चालन प्रदान गरिदै आइरहेको छ । अतिरिक्त सेवा सन्चालनमा आए सङ्गै बिरामीको चाप,खाली पेटमा गरिने जाच र अस्पतालको नियमित सेवा लिन नभ्याउनेहरुको लागि यो सेवा धेरैनै प्रभावकारी हुने र सरकारी स्वास्थ्य सस्थाबाटै अधिकतम सेवा प्रदान गर्ने उद्देश्यका साथ यो सेवा सन्चालन गरिएको मनहरी गाउपालिका स्वास्थ्य संयोजक राम चन्द्र दाहालले बताए ।
यस्तैगरी अतिरिक्त सेवा अबधिमा स्वास्थ्य बिमा कार्डका प्रयोग गर्ने सेवाग्राहिलाई रिफरका कार्ड बनाईने छ । दैनिक रुपमा १५० भन्दा बढी बिरामीहरुले सेवा प्राप्त गर्ने यस अस्पातलमा नियमित सेवा,खोप सेवा र गर्व जाच तथा परिवार नियोजन सम्बन्धी सेवा १० बजे पस्चात मात्र प्रदान गरिने बताइएको छ । अस्पातलमा अहिले १ जना एम बि बि एस् डाक्टर सहित पारामेडिक्स ६ जना,नर्सिङ तर्फ ५ जना, फार्मेसी तर्फ २ जना,ल्याब तर्फ ३ जना,एक्सरे तर्फ १ जना, कार्यालय सहयोगी २ जना र दर्ता कर्मचारी १ जना सहित २२ जना जनशक्ती रहेको छ ।