
मनहरी । मनहरी गाउँपालिकाको वडा नं. ६ र ७ रहेको आदिवासी जनजाती समुदायको प्रतिनिधिहरुले पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अशोक कुमार राम र सह–संरक्षण सुर्य खड्कालाई भेटेर खाद्य अधिकार सम्बन्धी आफ्ना माग राखेका छन् ।
बुधबार निकुञ्ज कार्यालयमै पुगी चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने निकुञ्ज प्रभावित आदिवासी जनजाती समुदायको प्रतिनिधिहरुले आफ्ना माग राखेका हुन ।
उनीहरुले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ (पाचौ संसोधन, दफा ५, उपदफा २) ले व्यवस्था गरे अनुरुपको अधिकार मध्यवर्ति क्षेत्रमा बसोबाग गर्ने आदिवासी जनजाती तथा सिमान्तकृत समुदायले पाउनु पर्ने माग राखेका हुन ।
उनिहरुले सिस्नो, लगायतको जङ्गली कन्दमुल संकलन तथा उपभोग गर्न, माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय आदिवासी जनजातिहरु (बोटे, माझी, चेपाङ्ग थारू आदि) को परम्परागत पेशा व्यवसाय सुचारु गर्नका लागि माछा मार्ने अनुमति पत्र पाउनुपर्ने साथै अनुमति प्राप्त गरेकाहरुको अनुमति पत्र नविकरण गरिनु पर्ने, स्थनीयको घर, गोठ, पौवा आदिको निर्माण र मर्मत गर्नका लागि आवश्यक काठ दाउरा संकलन गर्न, खानेपानी तथा सिंचाईको लागि निकुञ्ज भित्रको पानीको मुहान तथा निकुञ्ज हुँदै वहने नदी, खोला, ताल÷तलैयाको प्रयोग गर्न, मानिस र चौपाया आवतजावतको लागि निकुञ्ज भित्र पर्ने बाटो विना रोकतोक प्रयोग गर्न, स्थानीय स्तरमा हुने उपभोक्ता समिति तथा समूहमा निकुञ्ज प्रभावित घरपरिवार र त्यहाँका महिलाहरुको अर्थपुर्ण सहभागिताको सुनिश्चितता, बन्यजन्तुबाट भएको कृषि बाली तथा चौपाया हानी नोक्सानीको पुर्ण क्षतिपुर्ति पाउनु पर्ने, ढुङ्गा, गिटी बालुवा चाल्न पाउनु पर्ने आदि माग राखेका थिए ।






