स्थानिय

निर्माण सम्पन्न भए पछि कैलाश गाउँपालिकाको भवन हस्तान्तरण

मनहरी । कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।

२०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेको थियो । सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष मुक्तानले बताए । ३ करोड १८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको दुई तले भवनमा २६ वटा कोठा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button