
मनहरी । मनहरी – ६ मा रहेको डिपार्ड सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक बृहत कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख घलानले दिगो वन बिकासको लागि उपभोक्ताको सहयोग खाँचो हुने बताए ।
वन समुहको पदाधिकारीहरुले निर्माण गरेको योजनालाई कार्यन्वयनक गरि दिगो वन बिकासमा उपभोक्ताहरुको महत्वपुर्ण भुमिका हुने बताए ।

नेपाल अधिराज्य भरको सामुदायिक वनहरु मध्ये सर्वोत्कृष्ट स्थानमा रहेको यस वनमा पर्यटन स्थलको निर्माण र विकास गरि पर्यटक भित्र्याई स्थानिय उपभोक्ताको आयआर्जनमा बृद्धि गर्नु पर्ने बताए । त्यसैि गरि सामुदायिक वनको विकास र वन बाट उत्पादि बहुमुल्य जडिबुटीको पहिचान गरि बजारीकरण गर्न सुझाब व्यक्त गरे ।
जिल्ला समन्वय समिति मकवानपुका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रम वन समुहकाअध्यक्ष डम्बर बहादुर मु्क्तानको सभाध्यता रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य ओम बहादुर ग्लान , मनहरी गाँउपालिकाका कार्यबाहक अध्यक्ष शीव प्रसाद खनाल , मनहरी – ६ का वडा अध्यक्ष युवाराज थपलिया ,वन समुहका पुर्व अध्यक्ष दीपक मुक्तान , सुर्य बहादुर थिङ ,नेपाली कांग्रेश मनहरी –६ का सभापति बाबुराम थिङ ,नेकपा एमाले मनहरी–६ युवा नेता बसन्त लामा , राप्रपा मनहरीका प्रतिनिधि विज्ञान पाठक राप्ती डिभिजन वन कार्यालयका प्रतिनिधी , सव डिभिजन मनहरीका प्रतिनिधि , लगाएतका बिभिन्न व्यत्तित्वहरुको उपस्थीती रहेको थियो । कार्य






