
हेटौडा । बागमती गाउँपालिकामा निर्मित शहिदस्मृती रंगशालाको उद्घाटनसंगै सातौ संस्करणको बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुनमा हुने भएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिले आज पालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।
बागगमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता बागमती –४ झुरझ्रे स्थित पालिकाको लगानीमा निर्मित शहिद स्मृति रङशालामा हुने बताइएको छ । यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो ।
प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिनुभयो ।
प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सन्चालको लागि ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताउनुभयो ।
फुटबल खेलको प्रवद्धनका लागिो लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।
अध्यक्ष घलानले ब्यबसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्ष देखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । यस अघिको छैटौ) संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौले जितेको थियो ।
पत्रकार सम्मेलनमा पैमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल वाड अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।
प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।






