राजनीति

महिला शसक्तिकरण अगुवा डिना

नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन् । कांग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेकी डीना मकवानपुर–१ बाट प्रतिनधिसभाको उम्मेदवार बनेकी छन् पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुन आएको उनी बताउँछिन् ।

सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले आफ्नो जीत निश्चित रहेको डिना बताउँछिन् । डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छिन् ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । २०३९ सालबाट नेपाली कांग्रेसमार्फत राजनीति गर्दै आएकी छन् । नेपालको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने सम्बन्धमा नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा उनी जेल समेत परिन् । गिरिजाबाबु, नोना कोइराला, सुशिल कोइराला शैलजाहरुसँगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुर्नस्थापना,संविधान निर्माणसँगै महिला,आदिवासी जनजाती र दलितहरुको क्षेत्रमा थुप्रै काम गरेकी छन् ।

उनी महिला शसक्तिकरणको अगुवाको रुपमा पनि चिनिन्छिन् । देशभर महिलाहरुको हक हितका लागि आवाज उठाउने अगुवा हुन् डिना । महिला अधिकार र हकका लागि पार्टी भित्र र सरकारलाई घचघच्याउने उनले हाल प्राप्त ३३ प्रतिशत महिला आरक्षणको सुनिश्चितताको लागि पनि ठुलै संघर्ष गर्नुपरेको थियो । उनले पार्टी भित्र र सरकारबाट खेलेको भुमिकाका कारण आज महिलाहरुको ३३ प्रतिशत आरक्षण कोटा प्राप्त गर्न सफलता मिलेको छ भने महिला पनि केह ीगर्न सक्छनन् भन्ने आवाजहरु व्यापक रुपमा अघि आउन सकेका छन् ।

पहिले पहिले लुकेर बसेका महिला प्रतिभाहरुलाई उजागर गर्न पनि उनले विभिन्न कार्यक्रम मार्फत काम गर्दै आएकी छिन् । राष्ट्रिय रुपमा मात्र नभएर स्थानीय रुपमा पनि डिनाले महिला सशक्तिकरणको लागि मकवानपुरमा महत्वपूर्ण भुमिका खलेकी छिन् । उनै डिनाले मकवानपुरमा पहिलो पटक महिला साक्षरता सुरु गर्ने अभियानकर्ता समेत हुन् । उनले प्रोढ शिक्षामार्फत महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको थिइन् । पहिलो (एनजीओ) गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति हुन् ।

महिला साक्षरता अभियान भनेर सुरुसुरुमा नेपाल महिला संघबाट डिनाले आँफै पैसा उठाएर गाउँमा शिक्षक पाउन मुश्किल, पढेका मान्छे थिएनन् त्यसैले बजारबाट शिक्षक पठाएर पनि कार्यक्रम निरन्तर गरिरहिन् । आफ्नो घर भएको वडामा समेतनिरक्षर महिलाहरु निकै भएको पाएपछि उनले सुरुमा २ वटा साक्षरता कक्षा सञ्चालन गरिन् ।

शुरुमा विभिन्न उद्योगहरुसँग सहयोग मागेर ५–७ वटा महिला साक्षरता कार्यक्रम सञ्चालन गरेकी उनले गैरसहकारी संस्था दर्ता गरेंपछि नेपाल महिला संघको संस्थापक केन्द्रिय अध्यक्ष मंगलादेवी सिंहवाट शेड्पा भन्ने आइएनजीओसँग समन्वय गराएर साक्षरता अभियान, महिला प्रौढ शिक्षा, महिला सीप तालिम, परिवार नियोजन, परिवार व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई वृहत रुपमा सञ्चालन गरिन् । नेपाल महिला संघमार्फत उनले किशोरी शिक्षा, स्कुलमा पिटिए भनेर ‘पारेन्ट्स टिचर एशोसियसन’ गठन गर्ने प्रकृया र महिलाहरुको शिप स्वास्थ जस्ता अनेकौ कार्यक्रम मकवानपुरमा सुरु गरिन् ।

माओवादी र शसस्त्र आन्दोलनको द्धन्द्धमा समेत उक्त कार्यक्रमको निरन्तरता र सन्चालन भईरहेको थियो । उनले मकवानपुरमा कृषक पाठशाला कार्यक्रम समेत सञ्चालित गरिन् । उनले सहकार िमार्फत पनि महिला सशक्तिकरणका थुप्रै कामहरु गरेकी छिन् । दिव्यतारा सहकारी संस्थाकी संस्थापक अध्यक्षसमेत रहेकी उनले सोही सहकारीबाट बचत गर्ने देखि महिला उद्यमीहरुको उत्पादन समेत गर्न सफल भएकी छिन् । महिलाहरुलाई सिप मुलक तालिम देखि लगानीको वातावारण समेत जोहो गर्न उनले महत्वपूर्ण भुमिका खेलेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button