मनहरी । राष्ट्रिय रोटरी माविमा अध्ययनरत गरिव तथा विपन्न बिद्याथीहर्रुलाई पोशाक वितरण गरिएको छ । मंगलबार विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि ५१ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । मनहरीका युवा व्यवसायी तथा समाजसेवी इश्वर थापाको पहलमा रोटरी क्वलब अफ गोर्खा र रोटरी क्लब अफ चितवनकबाट उक्त पोशाक प्राप्त भएको हो ।
कार्यक्रमका प्रमुख आथिती तथा मनहरी गाँउपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर (रेखा)ले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका थिए ।
मनहरी गाँउपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर (रेखा) को प्रमुख आथित्यमा भएको कार्यक्रममा उक्त विद्यालयका प्रधानध्यापक गोविन्द प्रसाद पौडेल ,साहयक प्रधानध्यापक साधुराम रिजाल , समाज सेवी इश्वर थापा ,शिक्षक शिक्षीका , अभिभावक लगाएतको उपस्थीती रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्