मनहरी । मनहरी गाउँपालीकाको कार्यपालिकाले आज पूर्णता पाएको छ । गाउँ कार्यपालीका सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ५ र नेकपा (माओवादी केन्द्र)बाट एक गरी ६ जना निर्वाचित भएका छन्।
आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट महिला सदस्यमा मिरा खत्री ,सविता सुवेदी,सेतीमाया तामाङ र राममाया नगरकोटि निर्वाचित भएका हुन् । यस्तै दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट कान्छीमाया बोट र नेकपा माओवादी केन्द्रबाट चतुरकुमार सुनार निर्वाचित भएका छन् । निर्वाचित सम्पुर्ण महिला सदस्यहरुले समान ३९ मत प्राप्त गरेका थिए भने । दलीत तथा अल्पसंख्यकमा नेपाली कांग्रेसकी उम्मेदवार बोटले ४२ र माओवादी केन्द्रकका उम्मेदवार सुनारले ४० मत प्राप्त गरेका छन् ।यो सँगै गाउँ कार्यपालीकामा नेपाली कांग्रेसको बहुमत पुगेको छ । कुल १८ सदस्य रहने मनहरी गाउँ कार्यपालीकामा नेपाली कांग्रेसका १ अध्यक्ष ६ वडाअध्यक्ष र ५ सदस्य गरी १२ सदस्य छन् । यस्तै माओवादी केन्द्रका १ उपाध्यक्ष ३ वडाअध्यक्ष र १ सदस्य गरी ५ सदस्य रहेका छन् ।
