
मनहरी । मनहरी गाउँपालिका वडा नं.–९ ज्यामीरेमा रहेको टासी देछेलिङ छ्योईलिङ गुम्बाको अध्यक्षमा लाल सिं रुम्बा चयन भएका छन । शुक्रबार एक कार्यक्रमको आयोजना गरि रुम्बाको अध्यक्षतामा १३ सदस्यीय गुम्बा ब्यवस्थापन समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा करम थोकर , कोषाध्यक्षमा जयन्ती घलान , सचिवमा ज्योती श्रेष्ठ तामाङ, सह–सचिवमा मान बहादुर स्याङतान लगाएतका चयन भएका छन ।
त्यसै गरि सदस्यहरुमा सोमदास मोक्तान, जगत राना मगर,सन्त बहादुर मोक्तान ,कान्छी माया रुम्बा,पदम सिं लामा,लक्ष्मी मोक्तान ,उर्मिला जिम्बा र राजेन्द कुमार रुम्बा रहेका छन ।
कार्यक्रम मनहरी गाँउपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आथित्यमा भएको थियो भने मनहरी –९ का अध्यक्ष राजकुमार श्रेष्ठ र ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समुहकाअध्यक्ष दीपक पुलाम मगर लगाएतकाको आथित्य रहेको थियो
