राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८स्३० मा बस्नेछ ।  यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button