राजनीति

अनेम संघ (क्रान्तिकारी ) मनहरीको अध्यक्षमा चन्द्रकला खनाल


मनहरी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मनहरी गाउँ कमिटीको बैठक सम्पन्न भएको छ ।

बुधबार मनहरी -९ रजैया स्थित अग्निहोत्राश्रममा एक बृहत कार्यक्रमको आयोजना गरि बैठक सम्पन्न गरेको हो ।

बैठकबाट अनेम संघ (क्रान्तिकारी ) मनहरीले नयाँ नेतृत्व पाएको छ ।

चन्द्रकला खनालको नेतृत्वमा ३३ सदस्यीय अनेमा संघ ( क्रान्तिकारी ) मनहरी गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा ईस्वरी सुनार , मन्जुर अर्याल र लक्ष्मी खड्का चयन भएका छन ।

त्यसै गरी सचिबमा बिष्णु कुमारी जिम्बा र प्रमिला पुडासैनी रहेका छन ।साथै कोषाध्यक्षमा तारा अधिकारी रहेछ छन ।

अनेमा संघ( क्रान्तिकारी ) मनहरीका अध्यापन बिमला गलानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसै गरि कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सचिवलय सदस्य लक्ष्मि माझि (कृपा) जेष्ठ कम्युनिस्ट मन्चका केन्द्रिय सदस्य रामहरि सुबेदि ,गाउँ कमिटीका इन्चार्ज राजकुमार पाख्रीन अध्यक्ष राम प्रसाद कालाखेती लगाएका उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button