मनहरी । मनहरी गाँउपालिका वडा नं.–५ मा उद्घोषण तथा ब्यक्तित्व विकास तालिम सुरु भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष दीपेन्द्र अधिकारीले तालिमको उद्घाटन गरे । स्थानिय सुर्य किरण युवा क्लवको आयोजना तथा मनहरी गाँउपालिका वडा नं. –५ को प्रायोजनमा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति समेत रहेका वडानं.–५ का अध्यक्ष दीपेन्द्र अधिकारीले ४ दिन सम्म सञ्चालन हुने तालिम सहभागिहरुका लागि प्रभावकारी हुनेमा विश्वास ब्यक्त गरे । क्लबका अध्यक्ष वीर बहादुर मिजारको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । आइतबारबाट सुरु भएको तालिम २५ गते सम्म सञ्चालन हुने छ भने ३० जना तालिममा सहभागि रहेका छन । सहभागिहरुलाई रुपक कालिराजले प्रशिक्षण दिनेछन भने उमेश अधिकारीले कार्यक्रमको संयोजन गरिरहेका छन ।