अर्थ

करोडौको लगानीमा नवलपरासीमा यामाहा बाइकको एसेम्बल्ड प्लान्ट स्थापना

नवलपरासी । यामाहा बाइकको नेपालको अधिकृत बिक्रेता मोरङ अटो वर्क्सले नवलपरासीको रामग्राममा एसेम्बल्ड प्लान्ट स्थापना गरेको छ। डेढ अर्ब लगानीमा कम्पनीले एसेम्बल्ड प्लान्ट स्थापना गरेको हो।
एसेम्बल्ड प्लान्टलाई सरकारले करमा व्यापक छुट दिएपछि दुई पांग्रे सवारी बेच्ने कम्पनीबीच एसेम्बल्ड प्लान्ट लगाउने प्रतिस्पर्धा सुरु भएको हो। बजारमा प्रतिस्पर्धी कम्पनी बजाज र टीभीएसले नेपालमा एसेम्बल्ड प्लान्ट लगाएपछि यामाहालाई दबाब परेको थियो।
यामाहाको बाइक तथा स्कुटर बिक्री गर्दै आएको रिसिक अटोमोवाइल्स प्राइभेट लिमिटेडका निर्देशक मिलनबाबु मल्लका अनुसार कम्पनीले एसेम्बल्ड प्लान्टका लागि आवश्यक पूर्वाधार धमाधम तयार गरेको छ। सेड तयार भइसकेको छ। केही महिनाभित्रै यामाहाका बाइक नेपालमै उत्पादन हुन थाल्नेछन्, उनले भने।

बजाज र टीभीएसले एसेम्बल्ड प्लान्ट लगाएपछि मोरङ अटोवर्क्सले उत्पादक कम्पनी यामाहा मोटर कम्पनी जापानलाई आग्रह गरेको थियो। यामाहाले सुरुमा एसेम्बल्ड प्लान्टका लागि कम चासो राखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button