
युएईमा शनिबार देखि शुरु भएको एशिया कप टी २० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले सानदार सुरुआत गरेको छ । दुवईमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजको थियो । जुन सहि सावित पनि भयो ।
श्रीलंकालाई पुरै ओभर पनि खेल्न नदिइ अफगास्तिानले १०५ रनमा समेटेको थियो । श्रीलंकाले निर्धारित ओभरको २ बल बाँकी हुँदा सवै विकेट गुमाएर १०५ रनमात्रै बनाउन सक्यो । श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा फजल फारुकीले २।४ ओभरमा १ ओभर मेडन राख्दै ११ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।
यसैगरी मुजिव उर रहेमानले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिँदा मोहम्मद नावीले पनि ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । नभिन उल हकले १ विकेट लिँदा स्टार खेलाडी रासिद खानले ४ ओभरमा १२ रन खर्चिए पनि विकेटविहीन बने । श्रीलंकाका लागि भानुका राजपाक्षेले सर्वाधिक ३८ रन बनाउँदा चामिका करुणारत्नेले ३१ रन बनाए ।
यस्तै धनुस्का गुनथिलकाले १७ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । १०६ रनको लक्ष्य सहित मैदान उत्रिएको अफगानिस्तानले १०।१ ओभरमा २ विकेट गुमाएर १०६ रन बनाउँदै ८ विकेटको जीत निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल रह्यो ।
अफगानिस्तानका लागि हजरतुल्लाह जजई र रमनुल्लाह गुर्वाजले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे । यी दुईले ६।१ ओभरमा ८३ रन बनाएका थिए ।






