मनहरी ।पश्चिम मकवानपुरको मनहरी गाउँपालीका वडा नम्बर ५ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरुवात गरेको छ । बुधबार देखि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको वडा अध्यक्ष दीपेन्द्र अधिकारीले बताए । बुधबार पहिलो दिन १ सय जना भन्दा बढी लाभग्रालाई भत्ता वितरण गरिएको अध्यक्ष अधिकारीको भनाई छ ।
वडा अध्यक्ष अधिकारीको पहलमा सांग्रीला बैंक मनहरी शाखाको कर्मचारी र वडा कार्यालयका कर्मचारीको सयुक्त समन्वयमा भक्ता बितरण गर्दा लाभग्राहीहरु निकै हर्षित भए । स्थानीय तहको चुनावको बेला जनता संग वाचा गरे अनुरुपको कार्य थालनी गरेको अध्यक्ष अधिकारीले बताए । ५ नम्बर वडामा कुल ३ सय ६७ लाभग्राही रहेका छन । त्यसै गरि सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय सम्म पुग्न नसक्ने अशक्तहरुलाई घर-घरमै पुगि भत्ता बितरण गरि रहेका छन ।
प्रतिक्रिया दिनुहोस्