
मनहरी । सोमबार परेको चट्याङ लागेर मनहरी -६ निवासी एक महिलाको मृत्यु भएको छ । घरमा बसिरहेको बेलामा एक्कासि परेको चट्याङ लागेर मनहरी -६ हिलेदमारका -३७ वर्षीय जमुना माया बाल्बा थिङको मृत्यु भएको मनहरी -६का वडा सदस्य कुमार सिं मोक्तानले नमस्ते मनहरीलाई जानकारी दिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोलि गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्