राक्सिराङ ।राक्सिराङ –३ मा रहेको पर्यटकिय क्षेत्रको रुपमा विकास भइरहेको जलपरी झरना तथा चमेरो गुफा नजिकै भगवान बुद्धको मुर्ति बन्ने भएको छ ।
झरना तथा गुफा अवलोकनका लागि आउने पर्यटकलाई थप आकर्षण गर्नका लागि करिब १० फिट अग्लो मुर्ति बनाउन लागिएको हो । मुर्ति निर्माणको सुरुवात गर्दै शुक्रबार वडाअध्यक्ष उत्तम वाइबाले शिलान्यास गर्नुभयो ।
वडाअध्यक्ष वाइबा, सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ज्ञानेन्द्र तामाङ, मुिर्त निर्माण उपभोक्ता समितिका अध्यक्ष थापा बहादुर दोङ, हरियाली टोल विकास संस्थका अध्यक्ष मनिक बल लगायतको उपस्थितिमा धार्मिक बिधि पुरा गरेर मुर्ति शिलान्यास गरिएको हो ।
सो क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढिरहेकाले थप संरचनाहरु निर्माण गर्न वडाले बजेट विनियोजन गरेको वडाअध्यक्ष वाइबाले बताउनुभयो । बुद्धको मुर्ति निर्माणका लागि ८ लाख विनियोजन गरिएको र थप पुर्वाधार निर्माण बजेट ब्यवस्थापन गरिने उहाँको प्रतिबद्धता छ ।
जलपरी र चमेरो गुफा क्षेत्रलाई ब्यवस्थित पार्कको रुपमा विकास गरि मकवानपुरकै प्रमुख पर्यटकिय गन्तव्य बनाउने लक्ष्य रहेको सामुदायिक वनका अध्यक्ष तामाङ बताउँछन ।