स्थानिय

राक्सिराङमा माओवादी केन्द्रका युसाइ प्रजा वडा अध्यक्षमा निर्वाचित

मनहरी । राक्सीराङ गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । माओवादीबाट वडा अध्यक्षका उम्मेदवार युसाई प्रजा प्यानल सहित विजयी भएका हुन ।

प्रजाले ५ सय १५ मतसहित निर्वाचित हुँदा अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका राम कृष्ण प्रजाले ३ सय ४९ र नेकपा एमालेका सञ्च बहादुर प्रजाले ६१ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा सदस्यहरुमा नेकपा माओवादी केन्द्रका दिल बहादुर स्याङ्तानले ४ सय ५७, सूर्य बहादुर थिङले ४ सय ६, महिला सदस्यमा मन माया थिङले ४ सय ९८ र दलित महिला सदस्यमा शान्ती माया विश्वकर्माले ४ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button