
मनहरी । मनहरी -५ मा रहेको भोज सिद्ध माबिले नयाँ नेतृत्व पाएको छ ।
बिद्यालय ब्यबस्थापन समिति चयनका लागी भएको छलफलबाट समाजसेबी रामप्रसाद कालाखेतिलाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरे संगै बिद्यालयले नयाँ नेतृत्व पाएको हो ।
त्यसै गरि सदस्यहरुमा अमृत थापा,बिष्णु माया थिङ स्याङ्तान,लक्ष्मण घिमिरे,गीता घलान ,रत्न माया थिङ मुक्तान ,शिक्षक प्रतिनिधिमा अर्जुन पण्डित,वडा प्रतिनिधिमा,दीपेन्द्र अधिकारी र सदस्य सचिबमा महेश कुमार रिजाल सर्वसम्मत रुपले चयन भएको हो ।