
मनहरी । राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८९/८० को बजेट निर्माणको लागि बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाको दिगो बिकासका लागि विभिन्न सरोकारवाला संघ सस्थाहरुसंग राय लिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
जेष्ठ २९ गते हुने कार्यक्रममा गाउँपालिकामा उपलब्ध स्रोत साधन र सस्थागत क्षमताको आधारमा आर्थिक २०८९/८० को निति तथा कार्यक्रममा समावेश गर्नु पर्ने बिषय बस्तुको बारेमा सकारात्मक शुझाव दिन गाउँपालिकाले आग्रह गरिएको छ ।
यसरी सबै क्षेत्रबाट सुझाव आउदा गाउँपालिकाको सबै भूगोलको समान तथा दीर्घकालीन बिकास हुनेमा अपेक्षा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्
